नियम ५१
आयोजनाको जा“चपास तथा फरफारक
(१) ऐनको दफा २१३ को प्रयोजनको लागि
जिल्ला विकास समितिले आप्mनो क्षेत्र भित्र सञ्चालन गरेको विकास निर्माण सम्बन्धी
आयोजनाको जा“चपास गराउ“दा त्यस्तो आयोजना सम्पन्न भएको जानकारी प्राप्त
भएको एक महिनाभित्र निर्धारित नक्सा, डिजाइन तथा स्पेशिफिकेशन बमोजिम
गुणस्तर युक्त भए वा नभएको जा“चबुझ गर्न जिल्ला विकास समितिले प्राविधिक
खटाउनेछ । त्यसरी प्राविधिक खटाउ“दा कामको सुपरिवेक्षण गर्ने भन्दा एक तह
माथिको प्राविधिक खटाउनु पर्नेछ । जिल्ला विकास समितिमा यस्तो प्राविधिक रहेनछ
भने नियम १३९ बमोजिम परामर्शदाता नियुक्त गर्न सकिनेछ । यस्तो परामर्शदातालाई
देहाय बमोजिम पारिश्रमिक दिन सकिनेछ ः–
(क) पचास लाख रुपैया“सम्म लागत अनुमान भएको निर्माण कार्यमा बढीमा
पा“च हजार रुपैया“सम्म,
(ख) एक करोड रुपैया“सम्म लागत अनुमान भएको निर्माण कार्यमा बढीमा
दश हजार रुपैया“सम्म,
(ग) दश करोड रुपैया“सम्म लागत अनुमान भएको निर्माण कार्यमा बढीमा
तीस हजार रुपैया“सम्म,
(घ) दश करोड भन्दा माथिको लागत अनुमान भएको निर्माण कार्यमा
बढीमा चालीस हजार रुपैया“सम्म ।
(२) आयोजनाको जा“चपास तथा फरफारक सम्बन्धी अन्य कुरा स्थानीय स्वायत्त
शासन नियमावली, २०५६ बमोजिम हुनेछ ।